पहिरोले कालिगण्डकी करिडोरको रिडी-रुद्रवेणी सडक अवरुद्ध

घनश्याम गौतम

रूपन्देही — गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको रिडी-रुद्रवेणी खण्ड पहिरोले अवरुद्ध भएको छ । रिडी-रुद्रवेणी खण्डको कालिगण्डकी करिडोरमा पर्ने पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले कालिगण्डकी करिडोरको रिडी-रुद्रवेणी सडक अवरुद्ध

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख शालिकराम थापाले सडकमा ठूलो पहिरो खसेकाले खुलाउन समय लाग्‍ने बताए । ‘सानो डोजरले काम गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पालिका र कालिगण्डकी करिडोर निर्माण कार्यालयसँग समन्वय गरेर एक्साभेटर खोज्दै छौं ।’ पहिरो ठुलो भएकाले शनिबार सडक खुल्ने सम्भावना नरहेको उनले बताए ।

करिडोर हुँदै गुल्मीको पूर्वी क्षेत्र र रुद्रवेणी बुर्तिबाङसम्म नियमित सवारी चल्ने गर्छन् । सडक अवरुद्ध भएपछि बुर्तिबाङतर्फ जाने सवारीले रिडी तम्घास सडक प्रयोग गर्न थालेपनि अन्य सवारी साधन सडकमै रोकिएका छन् ।

प्रकाशित : श्रावण १०, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?