कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा थपिए १४४ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मुलुकका विभिन्न‌ प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण देखिएको बताएका हुन् ।

थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

संक्रमितहरु

झापा ४

मोरङ १

सुनसरी १

सप्तरी १

धनुषा ११

महोत्तरी ४

धनुषा १६

काठमाडौँ ३

कपिलस्तु ८

भक्तपुर १

ललितपुर ५

काभ्रेपलान्चोक १

म्याग्दी १

दोलखा १

मकवानपुर १

रौटहट ९

सिन्धुली १

बाग्लुङ २

म्याग्दी १

पर्वत १

स्याङजा १

तनहुँ २

कपिलस्तु १

बर्दिया २

दाङ २

रुकुम पश्चिम २

बाँके १

दैलेख २

जाजरकोट १

सुर्खेत ४१

बझाङ २

बैतडी २

अछाम १

कैलाली १

प्रकाशित : असार २९, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले टुकुचा खोला व्यवस्थित गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लानअनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए ।

उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए । मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुने स्पस्ट पारे । उनले टुकुचा खोलाको दायाँ बायाा किनारालाई व्यवस्थित बनाइने बताउनुभयो ।

अधिकार सम्पन्न एकीकृत वाग्मती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजनाअनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए । उनले एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफुहरुको पूर्ण सहयोग रहने बताए ।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालीन योजनासहित काम गरिरहेको एकीकृत वाग्मती अयोजनाले जानकारी दिएको छ ।

प्रकाशित : असार २९, २०७७ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×