अस्पताल नै नगई कोरोनामुक्त भइन् बेलायतकी १०४ वर्षीया महिला

एजेन्सी

लन्डन — बेलायतकी एक जना १०४ वर्षीया महिला कोरोनामुक्त भएकी छिन् । बेलायतकी कोरोना संक्रमित १०४ वर्षीया महिला ३ हप्ता आवासीय हेरचाह केन्द्रमै आराम गरेपछि निको भएको बीबीसीले जनाएको छ ।

अस्पताल नै नगई कोरोनामुक्त भइन् बेलायतकी १०४ वर्षीया महिला

केन्ट निवासी ग्रेस ग्रीनवुडलाई कोरोना संक्रमण पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर अन्य जटिल समस्या नदेखिएका कारण उनलाई अस्पताल लैजानु नपरेको चिकित्सकहरुले बताएका छन् ।

ग्रेसका परिवारका सदस्यहरुका अनुसार उनी पहिले पनि विभिन्न रोगबाट ग्रसित भएको र त्यसलाई झेलेका कारण अहिलेको चुनौतीलाई सामना गर्न सकेकी हुन् । ग्रेसको जन्म बर्मा(म्यानमार) मा भएको थियो । उनले भारतमा केही समय नर्सका रुपमा काम गरेकी थिइन् । त्यसपछि उनी लामो समुद्री यात्रा तय गर्दै सन् १९४६ मा बेलायत फर्केकी थिइन् ।

लन्डनमा मेकअफ आर्टिस्टका रुपमा कार्यरत उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता पहिले उहाँ बिरामी हुनुभयो । जब चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिए हामी निकै डराएका थियौं । हामीलाई थाहा थियो हामी बसेको ठाउँमा कोरोनाबाट धेरैको मृत्यु भएको थियो ।’ आफूलाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि पनि ग्रेस कत्ति पनि नआत्तिएको क्रिस्टल बताउँछिन् । क्रिस्टलका अनुसार उनकी हजुरआमा दृढ इच्छाशक्ति भएकी महिला हुन् । उनी अहिले पनि दैनिक रुपमा शारीरिक अभ्यासको प्रयास गरिरहेकी हुन्छिन् ।

बेलायतमा सोमबार बिहानसम्म २ लाख ९१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ हजार ९ सय ४ रहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २९, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?