३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्वारेन्टाइनको अवस्था सुधार र पीसीआर परीक्षण बढाउन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ — कांग्रेसले मापदण्डअनुसार क्वारेन्टाइनको अवस्था सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

क्वारेन्टाइनको अवस्था सुधार र पीसीआर परीक्षण बढाउन कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

मापदण्डअनुसार क्वारेन्टाइन नरहेको, पीसीआर परीक्षणले व्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका बिरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रक्रिया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताएका छन् । सह—महामन्त्री महतले स्वास्थ्यमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षणको दैनिक १० हजारको गर्ने गरी तयारी भएको बताउनुभएको छ । आगामी अगस्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडी बढ्ने भन्ने विषयमा तयारी भइरहेको बताउनुभयो ।’

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित : असार १६, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?