बागलुङका १५ जना संक्रमित कोरोनामुक्त

असार १६, २०७७

प्रकाश बराल

बागलुङ — बागलुङको गलकोट नगरपालिकाको प्रिआइसोलेसनमा रहेका १५ जना संक्रमित निको भएका छन् । सोमबार उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । 

दुई साताअघि संक्रमण पुष्टि भएपछि उनीहरु गलकोट स्थित वडा नं. २ नरेठाँटीको स्वास्थ्यचौकीमा बनाइएको प्रिआइसोलेसनमा बसेका थिए । उनीहरुलाई मंगलबार डिस्चार्ज गरिँदैछ । मंगलबार अभिभावकको जिम्मा लगाएर पठाएपछि उनीहरुलाई कम्तीमा एक साता होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइने भण्डारीले बताए ।

योसँगै बागलुङमा निको हुनेको संख्या ३८ जना पुगेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully