कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा ८२ जना संक्रमित थपिए

अजित तिवारी

जनकपुर — प्रदेश २ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा ८२ जना संक्रमित थपिए

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ गाउपालिका १२ जना पुरुष संक्रमित भएका छन् । काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका ५ जनापुरुष संक्रमित देखिएका हुन् ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् । त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुष संक्रमित भएका छन् ।

सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिकामा ४ जना र हरिपुर नगरपालिकामा २ जना संक्रमित भएका हुन् । जसमध्ये ३ जना महिला छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणको नतिजा अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गााउपालिका क्वारेन्टाइनका ४ जना संक्रमितत भएका देखिएका छन् । जसमध्ये यमुनामाईको क्वारेन्टाइनमा रहेका एकजना महिला पनि छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?