कपिलवस्तुमा थप ३९ जनामा कोरोना, संक्रमितको संख्या ३ सय नाघ्यो

जेष्ठ १९, २०७७

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय नाघेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

सोमबार शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । बुद्धभूमि नगरपालिकामा संक्रमितको संख्या ४९ पुगेको छ ।

त्यसैगरी वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।  वाणगंगामा संक्रमितको संख्या १४ पुगेको छ ।  कपिलवस्तुमा अहिलेसम्म २३ जना निको भएका छन् ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully