कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विराटनगरबाट आएका यात्रुलाई माथिको आदेश भन्दै नागढु‌ंगामा फेरि रोकियो [अपडेट]

मकर श्रेष्ठ

काठमाडौँ — थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई व्‍यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोेकेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुं‌गा चेकपोस्टमै रोकिएको छ ।

विराटनगरबाट आएका यात्रुलाई माथिको आदेश भन्दै नागढु‌ंगामा फेरि रोकियो [अपडेट]

नागढु‌ंगामा खटिएका प्रहरीले यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडे पनि महानगरीय प्रहरी वृत थानकोटका डीएसपी घनश्‍याम श्रेष्‍ठ आएर फेरि रोकेका हुन् ।

उनले माथिको आदेश नआएसम्म काठमाडौं प्रवेश गर्न नदिने बताएका छन् । 'अगाडि गएकालाई पनि हामीले थानकोटमा रोेकेर राखेका छाैं, माथिको आदेश नआएसम्म हामी कसैलाई पनि छाड्दैनौं,' डीएसपी श्रेष्‍ठले भने । डीएसपी श्रेष्ठले थानकोटमा यात्रुलाई रोकेर राखेको बताए पनि धेरै यात्रु भने भित्री बाटो हुँदै गन्तव्‍यतर्फ गइसकेका छन् ।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो । उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो । हरेक बसमा १९ जना यात्रु पठाइएको थियो । उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए । प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो ।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए । तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो । अहिले नागढु‌ंगा चेकपोस्टमा विराटनगर र अन्‍य ठाउँबाट आएका यात्रुहरुको संख्‍या थपिने क्रम जारी छ ।

यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्‍यवस्था गरेर काठमाडौं पठाएको बताएका छन्।

प्रकाशित : वैशाख १५, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?