वर्ल्ड भिजनद्वारा सरकारलाई एक हजार थान पीपीई सहयोग

वैशाख १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बालबालिका केन्द्रित राहत र विकासका क्षेत्रमा काम गर्दै आएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सरकारलाई  एक हजार थान व्‍यक्तिगत सुरक्षा कवच(पीपीई) र १२० थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका वर्ल्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक जेनिस गिन्टिङ्गले स्वास्थ्य तथा जनसंख्‍या मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण गरिएका प्रत्‍येक सेटमा पीपीईलगायत अन्‍य चिकित्सा प्रयोगका गरी १९ सामग्रीहरु रहेका छन् । उक्त पीपीई सहयोग वर्ल्ड भिजन इन्टरनेसनलले नेपालले आफ्‍नो तीन महिने कोभिड-१९ प्रतिकार्य योजनाअन्तर्गत गरेका हो  ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्रतिकार्य योजनामार्फत पहिलो ३० दिन सार्वजनिक स्वास्थ्‍य संस्था तथा प्रशासनलाई अत्‍यावश्‍यक उपकरणहरु वितरण गर्नुका साथै परम्परागत मिडिया र सामाजिक सञ्जालको प्रयोग गरी कोरोना भाइरस रोकथामबारे सूचना तथा सन्देश प्रवाह गर्ने रहेको पनि निर्देशक गिन्टिङ्गले जानकारी दिए ।

३० दिनपछि भने कोभिड–१९ प्रभावित परिवार तथा समुदायको तत्कालका आवश्‍यकता परिपूर्ति गर्दै बहुक्षेत्रगत कार्यक्रममार्फत उनीहरुलाई आफ्‍नो जीविकोपार्जन पुन:स्थापना गर्न मद्दत गर्ने संस्थाले जानकारी दिएको छ । बालबालिकालाई केन्द्रमा राखी तयार पारिएको उक्त प्रतिकार्य योजना वर्ल्ड भिजनको कार्यक्रम रहेको १४ जिल्लाहरुमा सञ्चालन हुनेछ । 

कान्तिपुर

Link copied successfully