कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देउसी खेलेको रकमले मजदुरलाई खाना

दिपेन्द्र रोक्का

काठमाडौँ — भक्तपुरको जगातीमा पाँच दिनदेखि सिपाडोल क्षेत्र परोपकार समाजले लकडाउनका क्रममा दुख पाएर घर जाने पैदलयात्रु र मजदुरलाई खानेकुराकाे व्यवस्थापन सुरु गरेको छ । देउसी–भैलाे खेलेर उठेको रकम अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै खर्च गरिएको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण थापाले बताए ।

देउसी खेलेको रकमले मजदुरलाई खाना

पैदल र गाडीमा आएका पैदलयात्रुलाई यहाँ खानाको साथसाथै मेडिकल जाँच र बिसौनीको व्यवस्था गरिएको छ । यात्रुहरु आउनासाथ स्थानीय स्वयंसेवीहरुले उनीहरुलाई रोकेर हात धुन पठाउँछन् । त्यसपछि उनीहरुको शरीरको तापमान थर्मल गनले जाँचिन्छ । व्यक्तिगत विवरण सबै लिइसकेपछि उनीहरुलाई खाना खान पठाइन्छ । खाना खाइसकेपछि उनीहरु नजिकैको पालमा बसेर आफ्नो गन्तव्यको गाडी कुर्छन् ।

प्रकाशित : वैशाख १०, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?