१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाँके, बर्दिया र दाङ हिडेका २ सय ४५ जनालाई रोकेर त्रिभुवन पार्कमा राखियो

मातृका दाहाल

काठमाडौँ — लकडाउन थप कडा बनाउन लामो दूरीमा पैदल हिँड्‍नेहरुलाई रोक्ने सरकारको निर्णयसँगै उपत्यका र आसपासका जिल्लाबाट स्थायी थाँतथलो हिडेका पश्चिम नेपालका २ सय ४५ जनालाई थानकोटमा रोकिएको छ ।

बाँके, बर्दिया र दाङ हिडेका २ सय ४५ जनालाई रोकेर त्रिभुवन पार्कमा राखियो

बाटोमै रोकिएकामा ३३ जना महिला र २४ जना बालबालिकासमेत छन । उनीहरु सबैलाई थानकोटस्थित त्रिभुवन पार्कमै अस्थायी बसोबासको व्यवस्था गरिएको छ। शुक्रबार र शनिबार मध्यान्हसम्म थानकोटबाट नौबिसे हुँदै बाँके, बर्दिया, दाङलगायत जिल्लातर्फ पैदल हिँडेका उनीहरुलाई पार्कमा रादिखएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।


तस्बिरहरु : दिपक केसी/कान्तिपुर

‘लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्नु भन्ने स्पष्ट आदेश छ, सोहीअनुसार राजधानीबाट बाहिरिने थानकोट र आसपासको नाकामा सुरक्षा जाँच बढाइएको छ,’ उनले भने, ‘तर, पैदलै हिँडेर घर फिर्ता हुने रोकिएका छैनन्, उनीहरुलाई नियन्त्रणमा लिएर अस्थायी बसोबास र खाद्यान्नको प्रबन्ध त्रिभुवन पार्कभित्र मिलाएका छौं ।’


चन्द्रागिरी नगरपालिका र प्रहरीले अलपत्र परेकालाई व्यवस्थापनमा सक्रिय भएको उनले बताए । अलपत्रको व्यवसा्थापनमा संघीय सांसद अञ्जना विसंखे पनि सक्रिय छन् । '१२-१३ वटा टहरालाई टेण्टले घेरेर बस्ने व्यवस्था मिलाएका छाैं । स्वास्थ्य डेस्क राखेका छाैं । खनलाई मेस बनाएका छाैं,' सांसद विसंखेले भनिन् । उनीहरुलाई सात वटा समूहमा राखिएको छ ।


शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लगाइएको लकडाउन कडाइका साथ लागू गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर निर्देशन दिएका थिए ।




प्रकाशित : वैशाख ६, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?