सिन्धुली हिँडेका उनीहरू लुभुमै रोकिए (तस्बिरहरू)

वैशाख ६, २०७७

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — हिँडेर सिन्धुली जान लागेका कलंकी, हरिसिद्धि र बौद्ध क्षेत्रमा बसाेबास गर्नेहरूलाई प्रहरीले रोकेर ललितपुरस्थित लुभु प्रहरी चाैकीमा राखेको छ । उनीहरुलाई के गर्ने भनेर माथिको आदेश कुरिरहेको यहाँका प्रहरीले बताएका छन् । रोकिएका उनीहरुले भने कोठा नफर्कने र हिँडेरै गाउँ फर्कने बताए । आफूहरुलाई स्थानीयले बिहान खाना खुवाएको समेत उनीहरुले बताए । रोकिएकाहरु ४७ जना छन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully