काठमाडौँ — शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन् । उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ ।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fmohpnep%2Fposts%2F875587599596427&width=500" width="500" height="232" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allow="encrypted-media"></iframe>
३० जना संक्रमित मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन् ।
