काठमाडौँ — बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।
थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ । नयाँ संक्रमितको विस्तृत जानकारी आएको छैन ।
त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ ।
