काठमाडौँ — महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्साललाई छानबिनका लागि जिम्मेवारीबाट हटाइएको छ । उनलाई छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।
बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न लम्साललाई जिम्मेवारीबाट हटाइएको हो । महाराजगञ्ज वृत्तबाट खटिएको प्रहरीले कान्ति बाल अस्पताल पछाडि पैदल हिँडिरहेका तीन जना चिकित्सकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।
घटनाको छानबिन गर्न महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिसकेका छन् ।
