१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पोखराकी एक महिलाको पनि आरडीटी रिपोर्ट पोजिटिभ

दीपक परियार

पोखरा — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

पोखराकी एक महिलाको पनि आरडीटी रिपोर्ट पोजिटिभ

दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो ।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन् ।

प्रकाशित : वैशाख ३, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?