प्रधानमन्त्रीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

चैत्र २५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलेराष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड- १९)को विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । दोस्रोपटक लकडाउनको अवधि थपेको र पहिलो लकडाउनको अवधि सकिएको दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आजको सम्बोधनबारे मन्त्रीहरूलाई जानकारी दिएका थिए ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा सन्देश जारी गरेकी थिइन् ।

लकडाउनप्रधानमन्‍त्रीको सम्बोधनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully