कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन् ।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन् ।

कोरोना भाइरसको संक्रमणपछि आइतबार अस्पताल भर्ना भएका जोनसनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको छ ।

५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए

प्रकाशित : चैत्र २५, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?