साउदीमा नेपाली कामदार असुरक्षित

नेपाली कामदारले भीडभाडमै काम गरिरहेका छन् । मास्क, सेनिटाइजर, पन्जा दिइएको छैन । क्याम्पमा सामूहिक मेस चलिरहेकै छ ।
होम कार्की

काठमाडौँ — भोजपुरका कुमार कान्छा सोमबार बिहानै ‘साइट’ मा पुगे । उनको कम्पनीका झन्डै १२ सय कामदार त्यहाँ काम गर्न जान्छन् । अन्य कम्पनीका कामदार पनि आइरहेका छन् । 

साउदीमा नेपाली कामदार असुरक्षित

कुमार कार्यरत अल अरब कन्स्ट्रक्टिङ कम्पनीले साउदी अरबको राजधानीरियादस्थित सेनाको तालिम केन्द्र बनाउने ठेक्का पाएको छ । त्यो साइटमा उनी क्रेनकोरिगर काम गर्छन् । ‘साउदी सरकार र नेपाली दूतावासले भीडभाडमा नजान सूचना जारीनगरेको दिनै हुन्न । सुरक्षित भएर बस्नुपर्ने सन्देश आउँछ । हामीले भने हजारजनाभन्दा बढीसँग घुलमिल गरिराख्नुपरेको छ,’ उनलेभने ।

क्याम्पबाट निस्केदेखि उनको मनमा डर उत्पन्न हुन्छ । साइटमा प्रवेशगर्नुअघि औंलाले हाजिर गर्नुपर्छ । ‘एउटा बिरामी भए साइटभर काम गर्नेलाई फिंगरिङमेसिनले डुबाइदिन्छ जस्तो लाग्छ । मैले सुपरभाइजरलाई कतिपल्ट भनेँ । उनीहरू हाम्राहातमा छैन भन्छन्,’ उनले भने । उनकाअनुसार त्यो साइटमा अलग अलग ठाउँमा बसेका कामदार आउँछन् ।

उनले कामदारलाई मास्क, पन्जानदिइएको बताए । ‘साइटभित्र छिर्ने बेला यसो तापक्रम नाप्ने हो । यसबाट मात्रै तकसरी कोरोना भाइरस लागे/नलागेको थाहापाइन्छ र ?,’ उनले भने ।

कुमार बस्ने क्याम्पभित्र झन्डै चार हजार कामदार छन् । उनीहरूकोभान्सा एउटै हो । ‘हामी १२ जना एउटा कोठाभित्र बस्छौँ । खाना लिन मेसमै जानुपर्छ,’ उनले भने, ‘उमालेको पानीमाचिकेन दिइएको हुन्छ । मासुभित्र आलै रगत हुन्छ । उजुरी गरे पिटाइ खाइन्छ । स्वस्थर पोषणयुक्त खाना छैन ।’ कम्पनीले कामदारको ख्याल नगरेको उनले गुनासो गरे ।

सुर्खेतका रवीन शाही रियादको अब्दुल सिटीमा बिजुलीबत्तीको काम गर्छन्। डोरीमा झुन्डेर काम गर्नुपर्छ । अब्दुल सिटीमा विभिन्न कम्पनीका झन्डै चार हजारजना एकै ठाउँमा काम गर्छन् । ‘सामान्य ज्वरो जाँच गरेको भरमा सबैलाई ड्युटीलगाइएको छ । रियादमा हरेक दिन संक्रमित भेटिँदै छ । हामीलाई भने लकडाउनमा नराखेरकाममा जोताइएको छ,’ उनले भने, ‘कम्पनीले कुनै सुरक्षा प्रबन्ध मिलाएको छैन । डराई डराई कामगर्नुपरेको छ ।’

उनले क्याम्प पनि सुरक्षित नभएको बताए । ‘एउटा कोठामा ८ जना बस्छौं, किचन र भान्सा साझा हो । एउटालाई भाइरस लाग्यो भने सोत्तर भइन्छ,’ उनले भने ।

उनी बस्ने क्याम्प रियादको अजेजिया औद्योगिक क्षेत्रमा छ । ‘टिनलेछाएका क्याम्प छन् । वरिपरि अरू कम्पनीका कामदार छन् । कसैको क्याम्पमा पनि कोरोनानियन्त्रण गर्ने विषादी छर्केको छैन,’ उनलेभने, ‘भगवान् भरोसा बस्नुपरेको छ ।’

‘तलब चाहिएन, खाना मात्रैदेऊ’

साउदीको दमामस्थित अवुमानमा कार्यरत दार्चुलाका भुवनसिंह ठागुन्नाचार वर्षदेखि ट्रेलर डाइभर हुन् । यो कम्पनीमा झन्डै २ सय नेपालीसहित ५ सय डाइभरछन् । ‘हाम्रो कम्पनीले फलामको कोइला साउदीभर पुर्‍याउनुपर्छ । हरेक दिनजसो नयाँनयाँ ठाउँमा गइराख्नुपर्छ । दिनरात भनिँदैन । कफ्र्यु लागे पनि कागज बनाएरजानुपर्छ,’ उनले भने, ‘यता आफू असुरक्षित, उता घरपरिवारअसुरक्षित । एकदमै चिन्ता लाग्छ ।’

उनले परिस्थिति अनुकूल हुँदा पनि कम्पनीले काम गर्ने तरिकामापरिवर्तन नगरेकामा चित्त दुखाए । ‘लकडाउन गरेपछि काम पनि रोकिदिएको भए हुन्थ्यो ।कम्पनीले तलब दिन सक्तैन भने चाहिँदैन । परिस्थिति सामान्य नभएसम्म खाना मात्रैदिएर राखे हुन्थ्यो,’ उनले भने, ‘संक्रमण भयो भने उपचार पनि पाइने हो कि होइन !

धरानका दुर्गा ओलीले ड्युटीमा जाँदा कसैको पनि शरीरको तापक्रम जाँच्नेनगरेको सुनाए । ‘गाडीमा चढ्दा–झर्दा र कोठामा छिर्दा पनि हाम्रो तापक्रम जाँचिँदैन। एउटै क्याम्पमा दुइटा कम्पनीका कामदार राखिएको छ । क्याम्पबाट जथाभाबी बाहिरआउनेनिस्किने भइरहन्छ । क्याम्पभित्र मुस्लिम साथीहरू समूहमा बसेर नमाज पढ्छन्,’ उनले भने, ‘गाडीमा पनि औषधिछर्किंदैनन् । मास्क पनि दिइएको छैन ।’

उनीहरूलाई पहिले कतिफ क्षेत्रमा रहेको रंगशालामा खटाइएको थियो । कतिफक्षेत्रमा कोरोना देखिएपछि लकडाउन भयो । कामदार जान नपाएपछि कम्पनीले हाफुलमारहेको रिसोर्टमा पेन्टिङ गर्न लगाइरहेको छ । ‘लथालिङ्ग नै छ,’ दमाम–९१ मा बस्दै आएका ओलीले भने, ‘हामीभने सुरक्षित भन्दै कोठामा आइसकेपछि बाहिर निस्किने गरेको छैन । अरू साथीहरूजतिखेर पनि निस्किन्छन् । कसैलाई मतलव नै छैन ।’

विश्वास जिएमले कम्पनीले कामदारको सुरक्षाको विषयलाई गम्भीर रूपमानलिएको बताए । ‘कम्पनीले कुनै सुरक्षाको नीति लिएको छैन । कर्फ्युमा पनि आफ्नो कामनरोक्न दबाब दिँदै आएको छ । म काममा सके जति सुरक्षित हुन कोसिस गर्छु । मास्कअनिवार्य प्रयोग गर्छु । सेनिटाइजर बजारमा अभाव छ,डिटोल हातमा प्रयोग गर्छु । हातले नाक,मुख, आँखा छुँदिनँ ।समय मिल्दा हात धुने गर्छु,’ उनले भने । उनलेड्राइभर भएकाले आफूलाई बढी जोखिम रहेको बताए । ‘एक ठाउँबाट अर्को ठाउँ जानुपर्छ, गाडीको लोडिङ पेपर धेरै ठाउँमा बुझाउने र थप पेपर लिनुपर्ने हुन्छ ।धेरैको सम्पर्कमा आइराख्नुपर्ने हुँदा हामीलाई जोखिम हुन सक्छ ।’

साउदी अरबको सरकारले निजी क्षेत्रका रोजगारदाताका लागि लागूगर्नुपर्ने निर्देशिका नै जारी गरेको नेपाली दूतावासले जनाएको छ । ‘कम्पनीलेकोरोना भाइरस नियन्त्रणका लागि सरकारले चालेको कदमलाई प्रभावकारी रूपमाकार्यान्वयन गनुर्पछ । नगर्नेलाई जेल र जरिवाना दुवै तोकिएको छ,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘लापरबाही गर्ने कम्पनीबारे साउदी संयन्त्र वा नेपाली दूतावासमा खबरगर्न अनुरोध गर्छु ।’

उनले साउदीमा खाद्यान्न अभाव हुन नदिइएको बताए । ‘खाद्यान्न र राम्रोमेडिकल सुविधा छ । आत्तिनु पर्दैन । केही परे यहाँको सरकारी निकायले हेर्छ,’ उनले भने । सोमबारसम्म साउदीमा संक्रमितको संख्या २ हजार ४ सय ६३पुगेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?