कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना त्रासले घर भाडामा बस्‍ने नर्स निकालेको आरोपमा घरबेटी पक्राउ

दुर्गालाल केसी

दाङ — घर भाडामा बस्दै आएकी एक नर्सलाई कोरोना संक्रमणको त्रासले कोठाबाट निकालेको भन्दै प्रहरीले मंगलबार घोराहीमा एक घरबेटीलाई पक्राउ गरेको छ ।

कोरोना त्रासले घर भाडामा बस्‍ने नर्स निकालेको आरोपमा घरबेटी पक्राउ

तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई घरबाट निकालेको भन्दै प्रहरीले घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी नारायण आचार्यलाई पक्राउ गरेको हो ।


घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठामा बस्ने नदिएको गुनाशो आएको थियो । उक्त गुनासोका आधारमा आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयमा वडा सचिव पद्मा कार्यरत रहेको उनले जानकारी दिए ।


मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो । उनले हाल होटेलमा बस्दै आएको बताएकी छन् ।


अहिले घरबेटी आचार्यलाई पक्राउ गरेर छलफल गराउन खोज्दा पीडित भनिएकी नर्स सम्पर्कमा आउन नचाहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । घटनाबारे यथार्थ बुझेर निष्कर्षमा पुग्ने उनले बताए । कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीलाई घरभाडामा बस्न कठिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सबै घरबेटीहरुलाई यस्तो व्यवहार नगर्न अनुरोध गरेको थियो ।


कठिन परिस्थितीमा स्वास्थ्य सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरभाडामा बस्न नदिए कडा कारवाही गरिने प्रशासनले सूचनामार्फत सबैलाई सचेत पारेको छ ।


घरभाडामा बसेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने काम नगर्न सचेत पार्दै मंगलबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना ।

प्रकाशित : चैत्र १८, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?