३०२ अमेरिकी लिएर कतार एयरवेज दोहा उड्यो 

चैत्र १८, २०७६

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी पर्यटकलाई लिएर कतार एयरवेजको वाइडबडी विमान मंगलबार फर्केको छ । 

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलका अनुसार, यो चार्टर उडान काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि ल्याएको हो । दोहाबाट उनीहरु कतारकै अर्को विमानमा वासिङ्टन जाने कतार एयरवेजको काठमाडौं कार्यालयले जनाएको छ ।


जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्डबाहक नेपाली पनि रहेको एक अधिकारीले बताए । यस उडानमा दुई जना शिशु छन् । 


कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि तीनवटा चार्टर उडान गरिसकेको छ । यसैबीच लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान भोलि दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully