आपूर्ति, संघीय मामिला मन्त्रालय र राष्ट्रबैंकबाट पनि सवारी पास

चैत्र १७, २०७६

मातृका दाहाल

काठमाडौँ — सरकारले लकडाउनको समय बढाएसँगै अत्यावश्यक सेवाका सवारी साधनको पास उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि जारी गरिने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन आचार्यले दैनिक उपभोग्य सामानको ओसारपसार, ढुवानी तथा विक्रीका लागि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग, बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकबाट, राष्ट्रसेवक कर्मचारीलाई संघीय मामिला तथा सामानन्य प्रशासन मन्त्रालय र त्यस बाहेकको हकमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी हुने गरी व्यवस्था गरिएको बताए ।

पछिल्लो लकडाउनमा मात्रै २ हजार भन्दा बढी पास काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनले बताए । सवारी पास लिनेको चापलाई कम गर्न नयाँ व्यवस्था गरिएको उनले जानकारी दिए ।

लकडाउनकोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully