खानेपानी महशुलमा २५ प्रतिशत छुट

चैत्र १७, २०७६

प्रताप विष्ट

हेटौडा — कोरोना भाइरस (कोभिड—१९) संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ । सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ । 

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको कारण सबै क्षेत्र प्रभावित हुँदै आएको छ । सरकारले कोरोना भाईरसको सक्रमण, रोकथाम र नियन्त्रण गर्ने उद्देश्ये चैत १० गतेदेखि लकडाउन गर्दै आएको छ । 


राहत दिने उद्देश्यले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । 


‘चैत महिनाको न्यूनतम् महशुलमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेका छौं,’ बोर्डका कार्यकारी निर्देशक  सुदर्शन ढकालले बताए । 


खानेपानी व्यवस्थापन बोर्डको न्यूनतम् महशुल ८५ रुपैयाँ रहेको छ । बोर्डले फागुन र चैत महिनाको  पानी महशुलमा २०७७  वैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको निर्देशक ढकालले बताए । खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्रभित्र १७ हजार ८ सय धारा रहेका छन् । 

लकडाउनकोरोना भाइरस

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully