कोरोना प्रकोप- सर्वोच्च अदालतमा तोकिएन मुद्दाको पेशी

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आइतबार सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको आकस्मिक पूर्ण बैठकले उक्त भाइरसको जोखिमबाट बच्न सरकारले नै पूर्णरुपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक परे मात्र इजलास बस्ने निर्णय गरको थियो ।

पूर्ण बैठकले सर्वोच्च अदालतसहित देशभरका अदालत र न्यायाधीकरणले यही चैत २१ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन, महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरूको कारबाही र सुनुवाइ गर्ने र बालसुधार गृहका निवेदनउपर मात्र सुनुवाइ हुने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएको हुनाले अहिलेको अवस्थाको तोकिएको प्रकृतिका मुद्दा नभएका कारण पेशी तोकिएको छैन । सर्वोच्च अदालतमा गत शुक्रबार पनि मुद्दाको पेशी तोकिएको थिएन ।

प्रकाशित : चैत्र १६, २०७६ १३:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चीनद्वारा ४ करोड ४१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनले नेपाललाई गरेको स्वास्थ्य सामग्रीको मूल्य करिब ४ करोड ४१ लाख रुपैयाँ बराबरको रहेको छ । 

चीनको तर्फबाट भएको स्वास्थ्य सामग्री र ती वस्तुहरुको मूल्यको सुचीसहित शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

अइतबार बिहान चीनबाट आइपुगेको स्वास्थ्य सामग्रीहरु नेपालस्थित चिनियाँ दूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चीन सीएएमसी इन्जिनियरिङ र सिचुवान हुअसी ग्रुपले सहयोग गरेको हो ।

सबै निकायले दिएको सामग्रीको मूल्य २६ लाख ४ हजार एक सय ५५ चिनियाँ युआन(करिब ६ करोड ८२ लाख ७७ हजार एक सय ६४ रुपैयाँ) हुन आउँछ ।

नेपालका लागि आएका सहयोगहरुमा एन९५ मास्क, डिस्पोजेबल सर्जिकल मास्क, डिस्पोजल मास्क, प्रोटेक्टिभ गगल्स (चश्मा), इयर थर्मोमिटर, सुरक्षित पोसाक, भेन्टिलेटर, पीसीआर टेूट किट्स, डिस्पोजेबल पञ्जालगायत छन् ।

प्रकाशित : चैत्र १६, २०७६ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×