लामखुट्टेले टोकेपछि ‘भाग्‍न थाले’ क्‍वारेन्टाइनमा बसेका

बिनु सुवेदी

काठमाडौँ — गर्मी बढेसँगै लामखुट्टेले टोक्‍न थालेपछि मुलुकका विभिन्‍न ठाउँका क्‍वारेन्टाइमा बसेकाहरु छाेडेर हिँड्‍न थालेका छन् । स्थानीय तहका कर्मचारीहरूले पठाएको रिपोर्टअनुसार क्वारेन्टाइनमा लामखुट्टेले टोकेपछि त्यहाँ राखिएकाहरू भागेका हुन् ।

लामखुट्टेले टोकेपछि ‘भाग्‍न थाले’ क्‍वारेन्टाइनमा बसेका

यता केन्द्र सरकारले क्वारेन्टाइनको अन्तर्राष्ट्रिय मापदण्ड पठाइरहँदा स्थानीय क्वारेन्टाइनमा लामखुट्टेले टोकेर भारतबाट आएका नेपाली बस्न नसक्ने स्थिति आएको हो । ‘हामीले त धेरै लम्बाचौडा कुरा नगरी स्थानीयस्तरमा खाना, पानी र झुलको व्यवस्था गरेर सुरक्षित ठाउँमा राखौं भनेका हौं,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने,‘यता उच्चस्तरीय कार्यदलले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको मापदण्ड बनाउन थाल्यो, उता क्वारेन्टाइमा बसेकाहरू लामखुट्टेले टोकेर भागे ।’


लाज र डर भन्दा पनि क्वारेन्टाइनमा बस्नै नसक्ने स्थिति भएका कारण नागरिक भाग्ने स्थिति आएको ती अधिकारीको भनाइ छ । कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितले पारित गरेको क्वारेन्टाइनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डमा भने आधारभूत स्वास्थ्य सुविधादेखि खानपानसम्मको ब्यवस्था हुनुपर्ने उल्लेख छ । मापदण्डअनुसार क्वारेन्टाइनमा बस्नेलाई दिनको चारपटक खानाको प्रबन्ध गर्नुपर्नेछ ।


सम्बन्धित समाचार

भारतबाट नेपाल छिरेका २ हजार ५ सय ९९ जना अझै सम्पर्कबाहिर

प्रकाशित : चैत्र १६, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?