२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

भारतबाट नेपाल छिरेका २ हजार ५ सय ९९ जना अझै सम्पर्कबाहिर 

बिनु सुवेदी

काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द घोषणा गरेपछि नेपाल-भारत सीमानाकाबाट नेपाल छिरेकामध्ये २ हजार ५ सय ९९ जना अझै  सम्पर्कबाहिर छन् । नाका बन्द गरेपछि भारतबाट नेपाल छिरेका २३ हजार ३ सय २४ जनाको रेकर्ड नेपाल सरकारसँग छ ।

भारतबाट नेपाल छिरेका २ हजार ५ सय ९९ जना अझै सम्पर्कबाहिर 

तीमध्ये २० हजार ७ सय २५ जनालाई स्थानीय स्तरको क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत आइतबारेखि एक सातासम्म उत्तर-दक्षिणका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । तर भारतबाट नेपाल छिर्नेहरूको संख्या थेग्न नसक्ने अवस्थामा पुगेपछि गत मंगलबार अन्तिम पटकका लागि नेपाल छिर्न दिने निर्णय भएको थियो ।


त्योबीचमा भारतसँग सीमा जोडिएका ३९ मोटरेबल र १ सय ६४ अरू नाका प्रयोग गरेर यतिका संख्यामा नेपालीहरू भित्र छिरेको रेकर्ड स्थानीय तहले संघीय मामिला एवम् सामान्य प्रशासन मन्त्रालयमा पठाएका हुन् । ‘स्थानीय तहले हामीलाई पठाएको रेकर्डअनुसार नेपाल छिरेका २७ जिल्लाका २३ हजार ३ सय ४० जना मध्ये २० हजार २० हजार ७ सय २७ जनालाई स्थानीयस्तरको क्वारेन्टाइनमा राखिएको छ,’ संघीय मामिला एवम् सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कान्तिपुरसँग भने,‘अरूको रेकर्ड पत्ता लगाउने काम हुँदैछ, कति त आएर लुक्ने रहेछन्।’ राति आएर लुक्नेहरूको घरमा स्थानीय तहका कर्मचारीहरू जाँदा पनि परिवारले कोही आएको छैन भनेर फर्काइदिने गरेको रिपोर्ट स्थानीय तहले मन्त्रालयमा पठाएको उनले बताए ।


‘आमाबाहरूले हैन कोही पनि आउनुभाछैन् भन्ने रहेछन्, फेरि छिमेकीले राति ११ बजेतिर झोला बोकेर भनिदिँदा रहेछन्,’ मन्त्री त्रिपाठीले भने ‘त्यसैले पनि बाँकी २५ सय जतिको लगत संकलनमा कठिनाइ भएको हो ।’

प्रकाशित : चैत्र १६, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?