कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईमा कोरोना संक्रमित २ जना नेपाली नागरिक ‘निको भए’

एजेन्सी

काठमाडौँ — यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

यूएईमा कोरोना संक्रमित २ जना नेपाली नागरिक ‘निको भए’

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ । निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन् । योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन् ।

त्यस्तै सोमबार यूएईमा थप ४५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । थप संक्रमण देखिएका व्यक्तिहरु विभिन्न १८ मुलुकका रहेको पनि डाक्टर फरिदाले जानकारी दिइन् । यूएईका ७, भारतका ७, बंगलादेशका तीन, क्यानडाका २, अमेरिका र पाकिस्तानका ४–४ जना, फिलिपिन्स, इराक, ट्युनिसिया, सिरिया, कुवेत, इटाली, पेरु, इथियोपिया, लेबनान, सोमालिया, बेलायत, सुडान, आयरल्यान्ड, रुस, मोन्टेनेग्रो, फ्रान्स र पोल्यान्डका एक–एक जनामा संक्रमण देखिएको उनले जानकारी दिइन् । योसँगै यूएईका कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १९८ पुगेको छ ।

डाक्टर फरिदाले सरकारले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम राख्ने र अत्यावश्यक बाहेक बाहिर निस्कन नदिनेजस्ता कडा कदम चालेको पनि बताइन् ।

सम्बन्धित समाचार

यूएईमा कार्यरत दुई नेपालीलाई कोरोना संक्रमण

प्रकाशित : चैत्र १०, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?