२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

यूएईमा कार्यरत दुई नेपालीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यूएईमा कार्यरत दुई नेपालीलाई कोरोना संक्रमण

सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये २ नेपाली, ४ स्थानीय, ३ इटालियन, २ बंगलादेशी र १/१ जना रुसी, भारतीय र सिरयाली नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ ।


यूएईमा हालसम्म ५ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेको त्यहाँको मन्त्रालयले जनाएको छ । उपचार गरेर फर्केनहरुमा २ स्थानीय, २ इथोपियन र १ थाइल्यान्डका नागरिक छन् ।


संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको गल्फ न्युजले बताएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?