कोरोना परीक्षणका लागि त्रिवेणी नाकामा हेल्थ डेस्क

फाल्गुन २६, २०७६

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको भारतीय सीमा नाका त्रिवेणी हुँदै नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । 

हेल्थ डेस्कमा यात्रुले अनिवार्य निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको डम्बर जिसीले बताए । यात्रुलाई निःशुल्क मास्क, हात धुने व्यवस्था, सेनिटाइजर र नन कन्टयाक्ट टयाम्पोरल (मान्छे नछोइकन तापक्रम नाप्ने यन्त्र) राखेर बिरामीको परीक्षण सुरु भएको हो । त्यहा गाउँपालिकाले आफनै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण सुरु गरिएको हो । 

बिहान ६ बजे भन्सार बोर्डर खुल्नासाथ परीक्षण गरेर साँझ ८ बजेसम्म आउजाउ गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । 

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully