१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने, कालाबजारी गर्नेलाई कडा कारबाही गरिने 

काठमाडौँ — एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । 

अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने, कालाबजारी गर्नेलाई कडा कारबाही गरिने 

सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्‍चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ ।


यस्तै, उक्त निर्णयको ५ नम्बर बुँदामा भनिएको छ,'औषधि तथा स्वास्थ्य उपकरण,खाद्यवस्तु,खानेपानी,दूध,इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्‍चालित अन्य उद्योग,कलकारखानाहरुमा काम गर्ने श्रमिक,कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।'

भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश

यस्तै,व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न भनिएको छ । सरकारले अभाव देखाएर मूल्य वृद्धि गर्ने वा कालाबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने,सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने भनिएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?