कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र सवारी साधन सञ्‍चालन गर्न नपाइने

व्यवसायिक उडानमा पनि रोक
कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार देशभर लकडाउन गर्ने सरकारको घोषणासँगै सरकारले निजी र यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सवारी साधनसहित आन्तरिक व्यवसायिक उडानहरु चैत १८ गते बिहान ६ बजेसम्मका रोक लगाउने निर्णय गरेको हो ।


अनुमति प्राप्त सवारी साधन,स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय समितिले गरेको छ।


यस्तै, औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन सरकारले निर्देशन जारी गरेको छ।


यस्तै, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ। प्रकाशित : चैत्र १०, २०७६ २०:१८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने, कालाबजारी गर्नेलाई कडा कारबाही गरिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । 

सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्‍चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ।

यस्तै, उक्त निर्णयको ५ नम्बर बुँदामा भनिएको छ,'औषधि तथा स्वास्थ्य उपकरण,खाद्यवस्तु,खानेपानी,दूध,इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्‍चालित अन्य उद्योग,कलकारखानाहरुमा काम गर्ने श्रमिक,कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।'
यस्तै,व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न भनिएको छ। सरकारले अभाव देखाएर मूल्य वृद्धि गर्ने वा कालाबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने,सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने भनिएको छ।

प्रकाशित : चैत्र १०, २०७६ २०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×