सेनाका ब्यारेक 'लक-डाउन' 

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले देशभरका पृतनाहरुलाई आन्तरिक सर्कुलर गर्दै फौजलाई ब्यारेकबाट बाहिर जान निषेध गरेको छ । सैनिक मुख्यालयले आठ वटै पृतना तथा त्यस मातहतका युनिटहरुलाई सम्भावित संक्रमण नियन्त्रण गर्न फौजलाई बाहिर निस्कन निषेध गरेको हो ।

लक डाउनसँगै ब्यारेक हाताभित्र रहेका सबै तहका सैनिकको खाटको दूरी पनि एक मिटर टाढा राख्‍ने गरी व्यवस्था गरिएको छ ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने,'ब्यारेकभित्रका सबै सक्कल दर्जाहरुलाई भित्रै रहने गरी लक डाउन गरिएको छ ।'

लक डाउनसँगै अति आवश्यक काममा बाहिर निस्कनु परे कमाण्डरको अनुमति र स्वास्थ्यकर्मीबाट अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस्ः

पृतनाहरुलाई लकडाउनको पूर्व तयारी योजना बनाउन सैनिक मुख्‍यालयको निर्देशन 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully