२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोकिएन गड्डा चौकी नाकामा भारतबाट फर्किने क्रम 

भवानी भट्ट

कञ्चनपुर — कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका लागि नाकामा आवागमन बन्द गर्ने भनेपनि कञ्चनपुरको गड्डा चौकी नाकामा भने भारतबाट घर फर्किने क्रम भने जारी रहेको छ । सोमबार पनि नेपाली कामदारको आउने क्रम चलिरहेको छ । 

रोकिएन गड्डा चौकी नाकामा भारतबाट फर्किने क्रम 

बिहानको समयमा नेपाल भित्रिनेको संख्या कम भएपनि दिउँसो भने भीडभाड बढेको छ । भारततर्फ उत्तराखण्डमा ‘लकडाउन’ गरिएको छ । तर पनि नेपाल भित्रिने क्रम भने रोकिएको छैन । ‘अहिले पनि भीडभाड नै छ, हामी जाँचमै छौं’ हेल्थ डेस्ककी इन्चार्ज अनमी निर्मला जोशीले भनिन्, ‘बिहान भन्दा दिउँसोको समयमा भीड बढी छ ।’


दिउँसो पुगेका यात्रुहरुलाई भने सीमा क्षेत्रमै रोकिएको छ । उनीहरुको नाम, ठेगाना संकलनदेखि जाँच गरेर राखिएको छ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गृह मन्त्रालयको अनुमतिपछि मात्रै भित्रिन दिइने बताए ।


आइतबार रातिदेखि स्थानीय प्रशासनले अत्यावश्यक उपचारको काम बाहेक बाहिर ननिस्कन भने पनि प्रशासनको निर्णय अटेरी गर्दै सर्वसाधारण भने घर बाहिर निस्केकै छन् । बजार बन्द भएपनि ओहोरदोहोर भइरहेको छ ।


प्रमुख जिल्ला अधिकारी खतिवडाले भीड नियन्त्रणका लागि उक्त निर्णय गरिएको बताए । यसले बजार क्षेत्रमा भीडभाड नियन्त्रण भएको र आगामी दिनमा थप कडाइ गर्दै लगिने उनले बताए । ‘हामीले भीड नियन्त्रणका लागि यो निर्णय गरेका हौं’ उनले भने, ‘बजारमा भीड घटेको छ, व्यापार व्यवसाय बन्द भएको छ ।’

गड्डा चौकी नाकामा मंगलबारदेखि आवागमन बन्द, अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह

प्रकाशित : चैत्र १०, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?