अख्तियारका कर्मचारीले कोरोना जोखिम न्यूनिकरणका लागि पारिश्रमिक दिने

चैत्र १०, २०७६

भवानी भट्ट

कञ्चनपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका कर्मचारीहरुले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार कार्यालय सहयोगी र प्रहरी हवल्दार सम्मकाले १ दिनको र अन्य कर्मचारीले ३ दिन बराबरको पारिश्रमिक दिने निर्णय भएको हो । 

‘महामारीको जोखिम न्यूनिकरणका लागि हामीले आफ्‍नो पारिश्रमिक दिने निर्णय गरेका हौं’ विष्टले भने, ‘सबै कर्मचारीबाट संकलन हुने रकम कोषमा जम्मा गरिनेछ ।’ उनका अनुसार सबै कर्मचारीबाट १ लाख ३७ हजार रुपैयाँ संकलन हुनेछ । 



कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully