कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा अध्यक्षले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई दिए एक महिनाको तलब

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले स्थापना गरेको 'कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष'लाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि रकम जम्मा गर्न कोष स्थापना गरेको थियो । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सोमबारकोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने घोषणा गरेका हुन्। उनले संघीय संसद सचिवालयलाई आफ्‍नो एक महिना बराबरको रकम कोषमा जम्मा गर्न पत्र लेखेका छन्।


पत्रमा लेखिएको छ, 'कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लड्‍न आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई स्वागत गर्दै सरकारले स्थापना गरेको राहत कोषमा मेरो एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरिदिनुहुन।' उनको तलब ६७ हजार ३ सय २० रुपैयाँ रहेको छ ।


अध्यक्ष तिमिल्सिनाले विश्‍वभर फैलिइरहेको कोरोनाको संक्रमणविरुद्ध लड्‍न आ-आफ्‍नोक्षेत्रबाट सहयोग गर्न पनि अपिल गरेका छन्। सरकारले कोरोनाबाट बच्‍नका लागि जारी गरेका निर्देशन र सुझाव पालना गर्न पनि उनले आग्रह गरेका छन्। प्रकाशित : चैत्र १०, २०७६ १५:१९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बसको ठक्करबाट दुईको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा सोमबार बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीमा काठमाडौंवाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ३९६७ नम्बरको बसले भालुबाङबाट पूर्वतर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ खाराका २५ वर्षीय गणेश पुन र तुलसीपुर–५ दाङका २४ वर्षीय रमेश वली रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।

पुनको घटनास्थलमै र वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए ।

बस अनियन्त्रित भइ खाल्डोमा खस्दा चार यात्रु सामान्य घाइते भएका थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १५:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×