कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा रहेका नेपालीलाई  दूतावासको अपिल-‘आ-आफ्नै ठाउँमा रहनुस्’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतस्थित नेपाली दूतावासले प्रवासी नेपालीहरुलाई कोरोना भाइरस (कोभिड–१९) का महामारीबाट सुरक्षित रहनका लागि नेपाल सरकार, दूतावास एवं भारतका विभिन्न निकायहरुका तर्फबाट जारी निर्देशन र एड्भाइजरीको पालना गर्न आग्रह गरेको छ । 

सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै नयाँदिल्लीस्थित दूतावासले त्यस्तो आग्रह गरेको हो। ‘कोभिड १९ ले विश्वव्यापी रुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुने सन्दर्भमा नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँदिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारहरुले जारी गरेका विभिन्न एडभाइजरी/निर्देशनको सम्मान तथा पूर्ण रुपमा पालना गर्दै आफू तथा आफ्नो परिवार सुरक्षित रहन भारतमा रहनु भएका नेपालीहरुलाई यस राजदूतावास हार्दिक अपिल गदर्छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ।


यकिन तथ्यांक नभए पनि प्रवासी नेपाली संगठनहरुका अनुसार दश लाख भन्दा बढी नेपाली पेशा र व्यवसाय तथा मजदुरीका लागि भारतका विभिन्न स्थानमा रहेको अनुमान छ।


दूतावासले नेपालले सरकारले भारतसँगको सीमासमेत मानिसको आउजाउका लागि पूर्ण बन्द गरिएको एवं भारतमा समेत रेल, बसलगायतका लामो दूरीका यातायात सेवा बन्देज लगाइएको हुँदा सबैलाई आआफ्नो बसोबास भएको ठाउँमा सुरक्षितसाथ बस्न समेत आग्रह गरेको छ। नेपाल सरकारले भारतसँगको नाका पूर्णरुपमा बन्द गरेको भोलिपल्ट दूतावासले यस्तो आग्रह गरेको हो। नेपाल सरकारले आइतबार मात्र १८ चैतसम्मका लागि भारत र चीनसँगका सबै नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो।


भारतमा कोरोना महामारीको त्रास बढ्दै गएपछि विगत केही दिनयता प्रवासमा रहेका नेपालीहरुको घर फर्कने क्रम बढेको थियो। त्यसले नेपालमा समेत कोरोना महामारी भित्रिने जोखिम बढेको भन्दै भारतसँगको नाका बन्द गर्नुपर्ने दबाब बढेपछि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोरोनोको जोखिम कम गर्न सरकारलाई भारतसँगको नाका तत्काल बन्द अनुरोध गरेको थियो।


यसका अतिरिक्त, दूतावासले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत भारतमा रहेका नेपालीहरुलाई अपिल गरेको छ। प्रकाशित : चैत्र १०, २०७६ १५:०२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सिंहदरबारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो। संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा 'स्प्रे' छर्ने निर्णय गरिएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए।

संसद्‍मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्‍मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जानकारी दिएको छ।

ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले जानकारी दिए। 'हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। एक कोठामा बेड पनि छुट्याइएको छ। संक्रमित देखिएमा १५ मिनेटमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,' डा. रिजालले भने।

संसद् सचिवालय परिसर र संसद् भवनमा, संसद् सचिवालय प्रवेश गर्ने सवारीसाधनमा कीटनाशक छर्ने क्रम थालिएको उनले जनाए। संसद् भवनमा सांसद बस्ने कुर्सीलाई पनि निर्मलीकरण गर्न थालिएको छ।

प्रतिनिधिसभा बैठक १३ गते बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रकाशित : चैत्र १०, २०७६ १४:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×