कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संसद्‍मा क्‍वारेन्टाइन स्थापना 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सिंहदरबारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो। संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा 'स्प्रे' छर्ने निर्णय गरिएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए।


संसद्‍मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्‍मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जानकारी दिएको छ।


ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको संसद् सचिवालयका चिकित्सक डा. पुष्पराज रिजालले जानकारी दिए। 'हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। एक कोठामा बेड पनि छुट्याइएको छ। संक्रमित देखिएमा १५ मिनेटमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,' डा. रिजालले भने।


संसद् सचिवालय परिसर र संसद् भवनमा, संसद् सचिवालय प्रवेश गर्ने सवारीसाधनमा कीटनाशक छर्ने क्रम थालिएको उनले जनाए। संसद् भवनमा सांसद बस्ने कुर्सीलाई पनि निर्मलीकरण गर्न थालिएको छ।


प्रतिनिधिसभा बैठक १३ गते बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रकाशित : चैत्र १०, २०७६ १४:४३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काेरोना प्रभाव : काठमाडौंमा चहलपहल घट्‍यो

विमल खतिवडा

काठमाडौँ — सरकारले लामो दूरीका सवारी साधनको सञ्चालनमा रोक लगाएसँगै काठमाडौंको चहलपहल कम भएको छ । सोमबार काठमाडौंमा सार्वजनिक तथा निजी सवारी साधनहरु पहिलेजस्तो चलेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सार्वजनिक सवारी साधन ५ प्रतिशत र निजी सवारी साधन करिब ३० प्रतिशत मात्रै चलेका छन् ।

पहिले उपत्यकामा एकदिनमा सार्वजनिक र निजी गरी करिब १२ लाख सवारी साधन चल्ने उल्लेख गर्दै एसएसपी ढकालले कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न मानिसहरु घरमै बसेकाले भीडभाड कम भएको बताए । ‘नागरिकहरु अत्यावश्यक बाहेकका काममा बाहिर निस्किएका छैनन्, आफै सचेत भएर बाहिर ननिस्किएकाले बजारमा उपत्यकामा भीडभाड कम देखिएको हो,’ एसएसपी ढकालले भने ।

त्यस्तै बसपार्कहरु पनि सुनसान रहेका छन् । नयाँ बसपार्कमा ३० वटा जति मात्रै बस रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । करिब ८०० बस अट्ने नया बसपार्कमा अहिले करिब ३० वटा मात्रै बस रहेको उनले बताए ।

सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएसँगै उपत्यकाबाहिर गएका सवारी साधन उतै रोकिएकाले पनि यहाँ भीड कम भएको हो ।


तस्बिरहरु : कविन अधिकारी

प्रकाशित : चैत्र १०, २०७६ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×