१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गड्डा चौकी नाकामा मंगलबारदेखि आवागमन बन्द, अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह

अत्यावश्यक सामाग्रीबाहेकका सबै पसल-उद्योगधन्दा आइतबार रातिबाट बन्द
भवानी भट्ट

कञ्चनपुर — भारतसँग आवागमनका लागि हाल खुला रहेका ४ वटा नाकामध्ये कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबारदेखि आवागमन बन्द हुने भएको छ । 

गड्डा चौकी नाकामा मंगलबारदेखि आवागमन बन्द, अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह

आइतबार जिल्लास्तरीय कोरोना संक्रमण जोखिम न्यूनीकरण उपसमिति बैठकले मंगलबार बिहानदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो । ‘केही दिनयता घर फर्किनको चाप बढेसँगै यसले जोखिमसमेत त्यत्तिकै बढाएको छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, ‘हामीले आवागमन बन्द गर्नुपर्छ भन्ने महसुस गरेरै यस्तो निर्णय गरेका हौं ।’

उनले आइतबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्म अत्यावश्यक सामग्री बाहेकका पसल, उद्योग धन्दालगायत सम्पूर्ण बजार बन्द रहने निर्णय भएको बताए । बैठकले सीमा नाकामा रहेका मदिरा पसल तत्काल बन्द गर्ने, आकस्मिक उपचारबाहेक अन्य कामका लागि अर्को सूचना नभएसम्म घर बाहिर ननिस्कनसमेत आव्हृान गरेको छ । अटेरी गरि बाहिर निस्कनेलाई कानुनबमोजिम कारबाही गरिने प्रजिअ खतिवडाले बताए ।


यसैगरी, बजार अनुगमनलाई तीव्रता दिनुका साथै कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?