कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाविरुद्ध सेना : कोर टीम गठन, उपचारका लागि तयार र पीपीई उत्पादन

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले आन्तरिक तयारी थालेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै आन्तरिक तयारीबारे जानकारी गराएको हो ।

कोरोनाविरुद्ध सेना : कोर टीम गठन, उपचारका लागि तयार र पीपीई उत्पादन

सेनाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको आवश्यक तयारी सुरु गरेको नाएको विज्ञप्तिमा लेखिएको , 'कोरोना भाइरस सम्बन्धी कुनै केस आएमा नेपाली सेनाका डाक्टर सहितको रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट सब युनिटहरू तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको '

सेनाले कोरोना बारेमा प्रशिक्षण कार्यक्रम गरिएको, क्वारेन्टाइन स्थापना गरिएको तथा रोकथामका उपायबारे सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरिएको जनाएको स्थानीय स्तरसम्म यी कार्यक्रम सञ्‍चालन भएको सेनाले जनाएको हो

सेना रहेका हरेक ठाउँमा क्वारेन्टाइन स्थापना गर्न जंगी अड्डाबाट निर्देशन दिएको 'यसै क्रममा हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन आइसोलेसन वार्ड तयार गरेको भने नेपाल सरकारले सीमामा स्थापना गरेको हेल्थ डेस्कहरूमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरू परिचालन गरिएको ,' सेनाले भनेको

जिल्ला स्तरमा प्रदेश सरकारसँग समन्वय गरेर क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गर्न सेनाले सहयोग गरिरहेको तथा वडा तहमा पनि ती पूर्वाधार निर्माण गर्न सघाइरहेको सेनाले जनाएको

'कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी रोकथाम तथा न्यूनीकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरूलाई स्वयंसेवकको रूपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ। नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक पीपीई, मास्क, पञ्‍जा तथा सेनिटाइजर उपलब्ध गराउन मिलाउनुका साथै नेपाली सेनाले माक्स पीपीई तथा स्यानिटाइजरको उत्पादनसमेत शुरु गरिसकेको ,' सेनाको विज्ञप्तिमा लेखिएको छ ।

बिदामा रहेका सैनिकलाई 'इनडोर क्वारेन्टाइन' अनिवार्य गरिएको, आन्तरिक सचेतता अपनाइएको सेनाले जनाएको सेनाले कोरोना संक्रमण नियन्त्रण तथा बिरामीको उपचारका लागि तयारी अवस्थामा रहेको जनाएको

प्रकाशित : चैत्र १०, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?