पृतनाहरुलाई लकडाउनको पूर्व तयारी योजना बनाउन सैनिक मुख्‍यालयको निर्देशन

चैत्र १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले मुलुकभरका आफ्‍ना आठ वटै पृतनाहरुलाई कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न आन्तरिक निर्देशन दिएको छ । सबै पृतनालाई आवश्यक परे मुलुकलाई 'लक-डाउन' गर्नुपरे त्यसको पूर्व तयारीको रुपमा योजना तयार गर्न पनि निर्देशन दिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार मुलुक 'लक-डाउन' नै गर्नु परेमा सम्बन्धित पृतनाहरु क्रियाशिल हुनुपर्ने भएकाले उनीहरुलाई अहिले नै पूर्व तयारीका रुपमा आफ्‍ना योजनाका खाकाहरु तयार गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully