कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइनबाट मात्रै विद्युत महसुल तिर्न सरकारको आग्रह, ढिलो भए जरिवाना नलाग्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न सरकारले ग्राहकहरूलाई अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम कम नभएसम्म अनलाइनबाट मात्रै महसुल भुक्तानी गर्न सरकारले आग्रह गरेको हो ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतको महसुल बुझाउने काउन्टरमा भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानी गर्न आग्रह गरेका हुन्।

सोमबार बसेको संचालक समितिको बैठकले विद्युत महसुल बुझाउन ढिलाइ भएमा जरिवाना नलाग्ने र लाइन नकाटिने निर्णय गरेको हो। महसुल काउण्टरहरूमा भिडभाड हुने भएकाले कोभिड१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेका छौं,' मन्त्री पुनले भने, ‘इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्‍नेग्राहकको सेवा अवरुद्ध गरिने छैन जरिवाना लिइने छैन

संचालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाईबिदा नदिने निर्णय पनि गरेको छ। बिहान बेलुका अनिवार्य हाजिरीको व्यवस्था गर्न प्राधिकरणका सबै उत्पादन वितरण केन्द्रका कार्यालय प्रमुखहरूलाई समिति बैठकले निर्देशन जारी गरेको छ।

सरकारले विद्युतलाई अत्यावश्यक सेवामा राखेकाले कर्मचारीलाईबिदा नदिने निर्णय गरिएको मन्त्री पुनले जानकारी दिए यस्तै प्राधिकरणका अति संवेदनशील मानिने 'नो लाइट' भार सम्प्रेषण केन्द्र (एलडीसी) का कर्मचारीलाई संक्रमणको जोखिम कायम रहने अवधिसम्म कार्यालयमा आइसोलेसनमा राखिने भएको सीमित कर्मचारी मात्रै यी काममा खट्ने भएकाले उनीहरूलाई संक्रमण भए सेवा नै अवरुद्ध हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आइसोलेसनमा राख्ने निर्णय भएको हो।

मन्त्री पुनले सरकारले अत्यावश्यक सेवाका कर्मचारीलाई विदा नदिएको बताएका छन्। अत्यावश्यक सेवा बाहेकमा काम गर्ने कर्मचारीलाई घरमै बसेर काम गर्न भनिएको छ। मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई विदा दिएको छैन आलोपालो काम गर्न सकिन्छ आवश्यक परेको बेला एउटा एसएमएसको भरमा उपस्थित हुन एउटा एसएमएसकै भरमा घर जानुपर्ने हुन्छ,' मन्त्री पुनले भने। प्रकाशित : चैत्र १०, २०७६ १६:२८

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'होम क्‍वारेन्टाइन'मा बस्‍न प्रशासनको आग्रह

नवीन पौडेल

परासी — जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले चैत १२ गते बुधबार बिहान ५ बजेदेखि राति ९ बजेसम्म 'होम क्वारेन्टाइन'मा बस्‍न सबैलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष बासुदेव दाहाललेसोमबारजारी गरेको सूचनामा मुख्य राजमार्ग बाहेक अन्य स्थानमा अत्यावश्यक सवारी र सुरक्षाकर्मी बाहेक अन्यलाई घर बाहिर ननिस्कन भन्दै 'होम क्वारेन्टाइन' मा बस्‍न आग्रह गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्‍नका लागि होम क्वारेन्टाइनमाबस्‍न आग्रह गरेको हो।

जिल्लावासीलाई घरबाट बाहिर ननिस्कन र भिडभाड नगर्न आग्रह गरिएको छ। सो अवधिमा औषधि पसल बाहेक जिल्लामा रहेका सबै उद्योग कलकारखाना, बजार तथा व्यवसायिक मलहरु बन्द गर्न निर्देशन दिइएको छ।

पश्चिम नवलरासीको सिमानाका पूर्णरुपले बन्द भएको छ। आइतबारसम्म भारतमा अलपत्र परेका नेपालीलाई प्रवेश दिइएको भएपनि सोमबारबाट पूर्ण रुपमा सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। सीमा नाका बन्द भएपनि लुकिछिपी नोपल भारत ओहोरदोहोर गर्ने क्रम भने रोकिएको छैन।

यसैबीच पश्चिम नवलपरासीमा स्थापना गरिएको आइसोलेसन वार्डका लागि आवश्यक चिकित्सकीय सुरक्षाका समग्रीसहित ५ थान प्रि–प्रोटेक्टिभ ईक्युपमेन्ट (पीपीई) आइपुगेको छ।पीपीई कोराना संक्रमणको आशंका गरिएका बिरामीको नजिक जाँदा डाक्टरले आफ्नो सुरक्षाका लागि लगाउने गाउन मास्क लगायतका सामाग्री हो।

परासी र बर्दघाटका दुवै अस्पतालमा चार–चार बेडको आइसोलेसन वार्ड स्थापना गरेका छन्।

प्रकाशित : चैत्र १०, २०७६ १६:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×