कोरोनाका बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : स्वास्थ्य मन्त्री

चैत्र ६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । 

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने बताए । 

उनले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताए । उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कूटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताए ।


कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले काभिड–१९ विरुद्धको लडाईंमा सञ्चारमाध्यमलाई सत्य सूचना मात्रै प्रवाह गर्न आग्रह गरे । 


विश्वव्यापी कोरोनाको सन्त्रास बढिरहेको हुँदा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले काभिड–१९ संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully