सरकारी कार्यालयमा भीड [तस्बिरहरु]

चैत्र ६, २०७६

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै बुधबार निर्णय गर्यो ।बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको उक्त निर्णय सरकारी कार्यालयहरुमा लागू भएको पाइएन । बिहीबार ललितपुरस्थित यातायात व्यवस्था कार्यालय,नापी विभाग लगायतका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड धेरै नै थियो । सार्वजनिक स्थलमा भेला हुन नपाइने भन्दै सरकारले निर्णय गरेपनि सरकारी कार्यालयहरुमा भने धेरै नै भिड हुने गरेको छ ।

कोरोना भाइरस

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

Link copied successfully