सरकारले चीनमा रहेका सबै नेपालीको विवरण संकलन गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी चीनमा रहेका सबै नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिएको छ ।

सरकारले चीनमा रहेका सबै नेपालीको विवरण संकलन गर्दै

कोरोना भाइरस(कोभिड१९)प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमाचीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको राजदूतावासले जानकारी दिएकोछ ।

राजदूतावासलेचीनमा रहेका र हालका लागि स्वदेश फर्किएका नेपाली नागरिकलाई आफ्नो वैयक्तितक विवरणउपलब्ध गराउन आग्रह गरेको छ । कोभिड१९ सँग जुधिरहेकोनेपालीहरुलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज हुने भन्दै राजदूतावासले विवरणसंकलन गरिरहेको जानकारी दिएको छ ।


विश्‍वभर २९२३ को मृत्यु, ८५हजारभन्दा बढी संक्रमित

शनिबारबिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय २३ पुगेको छ।त्यसमध्ये चीनमा मात्रै २ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ। चीनबाहिर विभिन्न ८मुलुकमा कोभिड-१८ ले ८८ जनाको मृत्यु भएको छ। चीनमा पछिल्लो समय कोभिड-१९ को संक्रमण घट्दै गएपनि विश्‍वका अन्य मुलुकमा भने फैलिँदै गएको छ ।

चीनबाहिरइरानमा सबैभन्दा बढी ३४ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्म इरानमा ३ सय ८८जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। इरानका उपराष्ट्रपति रउपस्वास्थ्यमन्त्रीलाई नै संक्रमण देखिएको छ।

त्यस्तैचीनबाहिर दक्षिण कोरियामा तीव्र रुपमा कोभिड-१९ को संक्रमण फैलिएको छ । शुक्रबार मात्रै दक्षिण कोरियामा थप एक हजार एक सय ६५जनामा कोभिड संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरियामा १६ जनाको मृत्यु भएको छभने दुई हजार ९ सय ३१ जनामा संक्रमण देखिएको छ। त्यस्तै इटालीमा २१ जनाको मृत्युहुनुका साथै ८ सय ८९ जनामा संक्रमण देखिएको छ।

डायमन्डप्रिन्सेस पानीजहाजमा समेत गरी जापानमा ११ जनाको मृत्यु भएको छ भने ९ सय ३९ जनामासंक्रमण देखिएको छ। त्यस्तै फ्रान्स र हङकङमा २-२ जना र फिलिपिन्स र ताइवानमा १-१जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन्।

प्रकाशित : फाल्गुन १७, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?