३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वुहान जाने वायुसेवा कर्मचारीलाई तालिम सुरु

‘शनिबार दिउँसो वुहान गएर आइतबार बिहान फर्कने’

काठमाडौँ — कोराना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपाली विद्यार्थी लिन जाने नेपाल वायुसेवाका पाइलट, एयरहोस्टेस, इन्जिनियरसहितलाई बुधबार स्वास्थ्य सरोकार र कोरोनासम्बद्ध सचेतना तालिम दिइएको छ ।

वुहान जाने वायुसेवा कर्मचारीलाई तालिम सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको निर्देशन अनुसार कोरोना संक्रमणको जोखिममा रहेका १ सय ८८ नेपाली विद्यार्थी उद्धारका लागि शनिबार नेपाल वायुसेवा उडान जान लागेको मन्त्रालयका एक सहसचिवले बताए ।


गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले चीनको उहानमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने निर्णय गरेको थियो ।

नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० को चार्टड विमान शनिबार(फागुन ३) दिउँसो साढे १२ बजे उहानका लागि उड्ने भएको छ । कोरोना संक्रमित स्थल वुहानका १ सय ८० विद्यार्थी लिएर उक्त विमान आइतबार बिहान ३ बजे काठमाडौं उत्रनेछ ।

‘नेपाल एयरलाइन्सका तर्फबाट क्रु–मेम्बर १४ जना उहान उडानमा सहभागी हुनेछन्,’ मन्त्रालयका अधिकारीले भने—‘उनीहरुलाई नेपाल प्रहरी र सेनाका चिकित्सकले बुधबार आवश्यक सचेतना तालिम दिएका छन् ।’ बिहीबार वायुसेवाका ४० जना ग्राउन्ड स्टाफलाई विमानस्थलमा तालिम दिन लागिएको उनले जानकारी दिए ।


मानवीय उद्धार गरेर ल्याइने विद्यार्थीसँगै अहिले उडानमा जाने ‘क्रु–मेम्बर’ खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा १४ दिनसम्म ‘अब्जरभेसन’मा राखिने भएको छ ।


प्रकाशित : माघ २९, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?