विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको बालुवाटारको जग्गा मालपोतले सरकारका नाममा खिच्यो

कृष्ण ज्ञवाली

काठमाडौँ — चौतर्फी प्रश्न उठेपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ ।

विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको बालुवाटारको जग्गा मालपोतले सरकारका नाममा खिच्यो

सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा थिए । उनीहरुको हकमा मात्रै जग्गा फिर्ता भएको मालपोत स्रोतको कान्तिपुरलाई बतायो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा यी दुईलाई मुद्दा नचलाइएको भन्दै विरोध भइरहेको छ । उनीहरुलाई अख्तियारका अधिकारीसँग जग्गा सरकारका नाममा गर्ने बताएपछि मुद्दा नचलाइएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको थियो ।

यी पनि पढ्नुहाेस् :

प्रकाशित : माघ २५, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?