काठमाडौँ — चौतर्फी प्रश्न उठेपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ ।
सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा थिए । उनीहरुको हकमा मात्रै जग्गा फिर्ता भएको मालपोत स्रोतको कान्तिपुरलाई बतायो ।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा यी दुईलाई मुद्दा नचलाइएको भन्दै विरोध भइरहेको छ । उनीहरुलाई अख्तियारका अधिकारीसँग जग्गा सरकारका नाममा गर्ने बताएपछि मुद्दा नचलाइएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको थियो ।
यी पनि पढ्नुहाेस् :
