ललिता निवास जग्‍गा प्रकरणबारे विष्णु पौडेलका छोरा नवीन पौडेलको बयान

कृष्ण ज्ञवाली

काठमाडौँ — ललिता निवास जग्‍गा प्रकरणबारे नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको बयानः

हाल म अष्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु । मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा रहेको छ । सो जग्गा मैले मिति २०६१/९/२९ मा तत्कालीन जग्गाधनी उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ ।


प्रचलित कानून बमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिको नाममा मालपोत कार्यालय, डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको कहीं कतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो जग्गा प्रचलीत कानून बमोजिम रजिष्ट्रेशन लिखत पारित गरी लाग्ने राजश्व बुझाई रु . 4,00,000।– मा खरिद गरेको हुँ ।


उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिका हुन भन्‍ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकोले सरकारी सार्वजनिक जग्गा भए त्यस्ता जग्गाहरू पुन: नेपाल सरकारको नाममा कायम गर्नुपर्छ ।

प्रकाशित : माघ २३, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?