ललिता निवास प्रकरणमा प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्ता पक्राउ    

माघ २५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास रहेको बालुवाटार पुगेका विवेकशीलका कार्यकर्तालाई शनिबार प्रदर्शनस्थलबाटै पक्राउ गरिएको हो । विवेकशीलकी उपाध्यक्ष अजीता राईका अनुसार पक्राउ पर्नेमा रञ्जु दर्शना न्यौपाने, संगीता बाटाजु, आलोक सुवेदी, वृतान्त खनाल, शशिविक्रम कार्कीलगायत ११ जना रहेका छन् ।

राईले विज्ञप्ति जारी गर्दै 'वालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले,' विरोध प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन् ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

ललिता निवास

कान्तिपुर

Link copied successfully