बालुवाटार प्रकरणमा अख्तियार र सरकारको मिलेमतो : कोइराला

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो देखिएको बताएका छन् । 

बालुवाटार प्रकरणमा अख्तियार र सरकारको मिलेमतो : कोइराला

कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदले गरेको निर्णयलाई नीतिगत निर्णय भनेर उन्मुक्ति दिने र कसैलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउनुले अख्तियारको सरकारसँग मिलेमतो रहेको पुष्टि हुने बताएका छन् ।


‘वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो,’ विज्ञप्तिमा भनिएको छ, ‘केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ति दिइयो । केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन ।’


ललिता निवासको जग्गा प्रकरणमा चलाइएको मुद्दाले अख्तियारको निष्पक्षता र र संवैधानिक स्वायत्ततामाथी प्रश्न उठेको कोइरालाले उल्लेख गरेका छन् । अख्तियारको यो कार्य लोकतन्त्र र देशका लागी यो दुर्भाग्य भएको कोइरालाको भनाइ छ ।

प्रकाशित : माघ २५, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?