१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन सचिव दिनेशहरि अधिकारीको बयान

काठमाडौँ — ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् सचिव दिनेशहरि अधिकारीको बयानः

ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन सचिव दिनेशहरि अधिकारीको बयान

म २०६८ देखि २०६९ सम्म तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिवको जिम्मेवारीमा थिएँ। मिति २०६९।०४।०९ मा तयार गरिएको प्रस्तावमा भएको दस्तखत मेरै हो । गुठीको जग्गामा मोही कायम गरिएको विषयमा निवेदन लिने, अनुसन्धान गर्ने र निर्णय गर्ने अधिकार पनि गुठी संस्थानको हो।

गुठी संस्थानले पशुपति टिकिन्छा गुठीको जग्गा हो भनी आधार र कारण सहित पठाएको र तहगत जिम्मेवारीमा रहेका म मातहतका महाशाखा प्रमुख समेतले त्यसलाई मनासिव ठानेको अवस्थामा मैले अन्यथा सोच्न मिल्दैन। अनुसन्धान र निर्णय गर्ने अधिकार भएको गुठी संस्थानले दर्ता सच्चाई समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीको हो भनी आधार र कारणहरू उल्लेख गरी पठाएको मिसिल फायल मन्त्रालय आएपछि शाखा, महाशाखाले आवश्यक अध्ययन र छानविन गरेपछि म समक्ष पेश भएको र मैले तीनै कागजात र रायका आधारमा आफ्नो राय लेखी म.प. मा प्रस्ताव पठाउने निर्णयका लागि मा. मन्त्री समक्ष पेश गरेको र माननीय मन्त्रीबाट भएको निर्णय अनुसार मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको हुँ ।

प्रकाशित : माघ २३, २०७६ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?